तिम्रो अमुल्य उपहार, यो आँखाको आँशु ।।
अब, आफै भन प्रिय… म के सम्झि हाँसु ।।

तिम्रो अमुल्य उपहार, यो आँखाको आँशु ।।
अब, आफै भन प्रिय… म के सम्झि हाँसु ।।
माईती छाेडेकाे अ।शु उन्ले हरायाे भनी ।।
जब मैले मुस्कुराउदै हाम्रो घर अ।याे भनी ।।
उन्काे अ।गमनले जीवनकाे, पाटाे फरक भाे ।।
केही कदम त्याे साथ पछि, बाटाे फरक भाे ।।
तिम्रा नयनमा देखिने प्रतिबिम्ब मेराे हैन भन्छाै ।।
हरपल खाेज्छन् ओझेल हुँदा जहाँ म छैन भन्छाै ।।
थाहा छ खुशी किन्न पाईदैन, न बेच्न…. तै पनि दिनाै कमाउँन निस्कन्छु ।।
अ।दतले मजबुर छु हजुर,न कहि पाईहाल्छ कि भन्दै रमाउँन निस्कन्छु ।।
भन्ने गर्छन दुनियाँ सबै तर भाग्य राेजेकै नपाईने भए ।।
तिम्राे साथ हुन्नथ्याे अ।ज, मायाँ खाेजेकै नपाईने भए ।।
यदि मायाँ सबथोक हुन्थ्यो त सम्बन्ध किन टुट्थ्यो र ।।
यदि धन सबथोक हुन्थ्योे त मन किन बिचलित हुन्थ्यो र ।।
तिमी फूल हाै अ।काशकाे जून हाै ।।
सुगन्धित मेराे जीवनकाे सुकुन हाै ।।
कविको काव्यले एउटा, नव सिर्जना गर्दछ ।।
त्यही सिर्जनाले एउटा, संसार मित्र भर्दछ ।।
धेरै भेटिए मान्छे यहाँ, सस्तोमा टिकाउ खोज्ने ।।
चितिक्क परेकी घरबार चाहिन्न तर बिकाउ खोज्ने ।।