काम गर्दा गर्दौ थकाई मेट्ने रातै नहुने ।
अझै भन्ने गर्छन, बुहारीको जातै नहुने ।।
काम गर्दा गर्दौ थकाई मेट्ने रातै नहुने ।
अझै भन्ने गर्छन, बुहारीको जातै नहुने ।।
धेरै भेटिए मान्छे यहाँ, सस्तोमा टिकाउ खोज्ने ।।
चितिक्क परेकी घरबार चाहिन्न तर बिकाउ खोज्ने ।।
मायाँ गरौँ म तिम्रो चाहाना गतिलो भएन ।।
छोडेर जाउँ कसो गरि बहाना गतिलो भएन ।।
मागेर पाउँने भए मायाँ, भिखारीको अपरम्पार हुन्थ्यो होला ।
सड्का पेटि किन भैँतारिन्थ्यो, उस्को नि घरबार हुन्थ्यो होला ।।
दुनियाँ भन्छ पागल तर म आश बोकि हिडेको छु ।
भेटेरै दिन्छु तिम्लाई मुठ्ठी भर सास बोकि हिडेको छु ।
आज तिम्ले रुवायौँ,
थाहाँ भो…
मेरो आशुको मोल छैन ।
खाने भए जागिर, सरकारी खाइन्छ ।
प्राइभेट त यहाँ, फालाफाल पाइन्छ ।।
सम्झनामा डुब्दै याँदमा झुम्न भन के पिलाउँ तिम्लाई ।।
फुर्सद मेरो नि छैन् हजुर बार बार याँद दिलाउँ तिम्लाई ।।
हाँसेर बसेको सोच्यौ, आँखाबाट आसु झरेको बेला ।
तिम्ले के देख्छौ प्रिय झम झम पानि परेको बेला ।।
फरक छैन रतिभर तिमी र म जीबनको सुरुवात उहि ।
अमरत्व तिम्ले नि पाएका छैनौँ अन्तत जाने घाट उहि ।।