हाँसेर बसेको सोच्यौ, आँखाबाट आसु झरेको बेला ।
तिम्ले के देख्छौ प्रिय झम झम पानि परेको बेला ।।
हाँसेर बसेको सोच्यौ, आँखाबाट आसु झरेको बेला ।
तिम्ले के देख्छौ प्रिय झम झम पानि परेको बेला ।।
फरक छैन रतिभर तिमी र म जीबनको सुरुवात उहि ।
अमरत्व तिम्ले नि पाएका छैनौँ अन्तत जाने घाट उहि ।।
दानका अङ्ग साटि साटि बाँचे मेरा बा बुढेसकालमा ।
अरुले ठोके मादल, फेरी तिनी नाचें आफ्नै तालमा ।।
मायाँ लाउँनुको के अर्थ, जस्मा गुमाउने डर नभए ।
जीबनको अन्त सम्म, तिमी सँगै बस्ने कर नभए ।।
आफ्नो मात्र नियाले मैले, चोत तिम्रो पनि थिएँ होला ।
औँला मै तिर तेर्सायौ, खोट तिम्रो पनि थिएँ होला ।।
सुने तिम्रो मिठो मसिनो मै तर्ने भो यो दशैँ ।
मेरो गुन्द्रुकको झोलले, पेट भर्ने भो यो दशैँ ।
अघि अघि हिड सानु म तिम्रो पछि आउँला ।
फिर्की मौर्दै नहेर नजर म सधैँ मायाँ लाउँला ।।
जिन्दगी सराबी भएछ, आजकल गर्दै अलि अलि ।
उन्कै सम्झनामा पिउछु, गिलास भर्दै अलि अलि ।।
रवाफ देखाउँछौ किन, यति धेरै जवानीको ।
त्यो तिम्रो सरीर सँगै, भस्म हुने खरानीको ।।
नाता नै यस्तै छ, साली भेना जिस्कनै पर्ने ।
घर एउटै दिल मेरो, दिदि बैनी पसेर के गर्नु ।।