“बदलिदो राजनीति–नयाँ अनुहार”

रोशन “काभ्रेली”

काठमाण्डौंः आज भोलि राजनीतिमा नयाँ–नयाँ रुप, रङ्ग देख्न पाइएको छ, जता सुकै नयाँ अनुहारको विजय धोज लहराएको हल्लाले गाउँ, सहरका बजार, चिया पसल कोलाहल सुनिन्छ ।
जनतामा नेता चयन शैलीमा बदलाब आएको छ, नेताका भाषणमा हरेक शब्द, शब्दमा तालि बजाउने जमात आज ब्यति बिचार र ब्यतिगत चरित्रको अधिन भएका छन् । परम्परागत दलहरु जसले शासनको बागडोर पाएका राजनीतिक दल जनता अदालतमा “अयोग्य” भएको ठहर चितावन–२ र तनहुँ–१ को उपनिर्वाचनको मत परिणमले देखाएको छ ।
हरेक नयाँ बिचारधारा बोकेका चाहे परम्परागत राजनीतिक दल होस या नयाँ राजनीतिक दल या जो कोहि ब्यति ति सबैलाई जनताले जिताउदै आएको बिगत केहि दशकलाई नियाल्ने हो भने पनि पाउन सकिन्छ तर जाने जो जति थिए ति सबै कुर्सी र आफन्त मोहले जनताको आँखाको कसिङ्गर भएका छन् ।
हेर्दै जाउ आगामी दिन फेरि एक पटक जनता उल्लु बनाउने कार्य हुन्छ कि राजनीतिक शासन शैली परिर्वतन देख्न पाएन्छ ।

रोशन दनुवार
पाँचखाल–१२, काभ्रेपलाञ्चोक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.