“बुढो बाघ, तन्नेरी स्याल”

रोशन “काभ्रेली”

राजतन्त्रमा सुसुप्त भ्रष्टाचारको बिजले राणा शासनमा मौलाउदै केहि जरो गाड्यो अनि गणतन्त्र हुदै लोकतन्त्र सम्म आई पुग्दा बिजबाट झाङ्गिएको रुख बनेको छ । अब यो रुख हिजोआज यति ठुलो भइ सक्यो कि कुनै राजनेता होस या अरु जो कोहि नेता कसैको ह्याउ पुग्दैन यस्को एक हाँगा छिनाउन ।
पुरै नेता समुह मिलेरै केहि गर्न नसकेको यो देशमा जन्ताले एक व्यत्ति माथि कसरि बिश्वास गरुन कि उस्ले भ्रष्टाचारको अन्त्य गर्दै यो देशमा बिकाशको मुल फुटाउदै देशमा आमुल परिर्वतन ल्याउछ हो आज त्यहि अन्योल माहोल चुनावि नतिजामा देखा पदैछ ।
२०७९ मंसिर ४ को चुनावि नतिजा सार्बजैनिक हुदै गर्दा यस्तो लाग्छ कि “बुढो बाघ, तन्नेरी स्याल” यतिकै भनेका छैनन् बुढापाकाले जो साबित हुदै छ आज, अर्थात यो हो कि फेरि तिनै बुढौँलि अनुहार नै यो चुनावमा बिजेता देख्न पाईन्छ भन्ने केहि पक्का पक्की नै भइसक्यो । जस्ले जति सुकै “No Not Again” जस्ता अभियान ल्याई चिच्याई, कराई गरे पनि फेरि तिनै बाहरु कै हातमा सरकारको लगाम हुने निश्चित हुँदै जान्छ जति जति नतिजा सार्वजैनिक हुन्छ ।
तर आगामि दिन बिकाश, निर्माणका कार्य केहि दुर्त गति लिने संकेत देखेको छु । यो पटक जे–जस्तो राजनैतिक हतकण्डा अपनाय पनि आउँदो चुनाबमा जीतको माहोल बनाउन भएपनि जनहित कार्यमा नेता सरिक हुनेछन किनकि यो जीतको लागि साहै हन्डर खाएका छन साथै गठबन्धनको आडमा जीत हासिल गर्दै छन ।

रोशन दनुवार
पाँचखाल–१२, काभ्रेपलाञ्चोक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.