सबै भन्छन्, उस्ले छाेएकाे पानी चल्दैन ।।
त्यस्ता भेटिन, कि काेहि जवानी चल्दैन ।।
उ हिड्ने सड्क छेउ, जाे-जाे बस्थेँ चाैतारा ,
समय राेकिए झै, ति अाँखा नानि चल्दैन ।।
कयाैँ सताब्दि बिते, कानुन बदलियाे यहाँ,
तर अझै मन्दिर, उस्काे फुलदानि चल्दैन ।।
सास रहुँन्जेल हाे, सबै उच-निच, सानाे-ठुलाे,
मृत्यू पश्चात याे भन्दैन, उ फलानि चल्दैन ।।
लेखकः राेशन “काभ्रेली”
पाँचखाल-१२, काभ्रेपलान्चोक