न तिम्रो जित भो न मेरो हार भो ।।
ब्यर्थ छुटिनु पर्ने तिम्रो अहंकार भो ।।
दुख सुख यस्तै थिएँ मेरो प्यारो मान्छे,
कति सहजै भन्यौँ सम्बन्ध नै भार भो ।।
मेरा हरेक क्षणका मायाँ देखिनौ तिम्ले
उस्को नदेखिने लिला अपरम्पार भो ।।
नेटो काट्नै लाग्या मेरा शेष जिन्दगी
तर जानेहरुको भिडमा नि हतार भो ।।
लेखक: रोशन ” काभ्रेली ” काभ्रेपलाञ्चोक