घिउ,गुन्द्रुक र सेलको धोको पठाउ आमा
जे पठाउँछौ पुरै एक डोको पठाउ आमा
जता पुग्छु उतैतिर तिम्रो अभाव देख्छु
जे जति छ हात्ती थुनेर पोको पठाउ आमा
रिनै ऋणमा चुर्लुम्म डुबेको सहर परेछ
बेची बेची फेरि एउटा बोको पठाउ आमा
खाँदा खाँदा हरेसहरु बिटुलो बनिसकेछु,
तिम्रो हातले छोएको चोखो पठाउ आमा
पिरोली रहन्छ परदेशमा घरको यादले
तिम्रै मायाको हुन्छु भोको पठाउ आमा
यो जुनिमा पूरा गर्न सकिन तिम्रा रहरहरु,
अर्को जुनि पनि तिम्रै कोखो पठाउ आमा
- रमेश अर्याल