ओइ साथि कता ! आउ यता ।

रोशन “काभ्रेली”

प्रिय साथि…

हिजो तिमी र म जङ्गलको बाटो हिड्डाका बखत लगाएका चप्पलमा परेका भ्वाँङ अझै जिउका तिउ छन जसबाट छिरेका तिखा काडाले खोपेर परेका खिल अझै राम्ररी निस्केका छैनन् तर आज मेरो दिन फेरिएको छ, भाग्य चम्किएको छ यो सहरमा साथि ।

साथि कसैलाई राजनीति दलदल भो ! कसैलाई किच्चड भो त कसैलाई फोहोरी खेल भो । जे भो मेरा लागि त्यो नै बेश भो । जागिरका जुन ढोका धक्धकाए पनि मेरा नभएका डिग्रीले अंकुश लगाए, बुद्धिको परिक्षा लिए अनि नालाएक, निकम्मा भने, कसैले जात माथि प्रश्नचिन्ह लगाई लत्याइए, भनिन्छ जे हुन्छ भलाइकै लागि हुन्छ जो आज सावित भो । आज मलाई खान, लाउन र बस्न कुनै समस्या छैन, परिवारका हरेक सदस्य (छोरा–बुहारी, छोरी–ज्वाँइ) ले र अरु नजिकि आफन्तहरु राम्रै तलबी जागिर लगाएको छु साथ साथै नाति–नतिना ठुला–ठुला घराना पढ्ने स्कुलमा पढाएको छु ।

भन्न त पिठ पछाडि मलाई, मेरा प्रगति देखि जल्ने ल्याप्चे छाप, अनपढ गवार, भ्रष्टाचारीको संज्ञा दिन्छन । अब भन्नेको मुख ताल्न कहाँ लाउन सकिदो रहेछ साथि । तिमि जे–जस्तो भए पनि यतै सहर पस, काम सिकाउँला म अनि मिलिजुलि हातेमालो गर्दे काम गरौँला । यहाँ न डिग्री देखाउन पर्छ, न नालाएक, निकम्मा भइन्छ न त जातपातको भेदभावले लत्याउने नै कोहि भेटिन्छन । भाषण सुन्ने, मन परे तालि पित्ने, मन न परे टेबुल ठटाउने हो । त्यो नि गर्न अल्छि लागे सुतेर आराम गर्ने हो अनि आ–आफ्नो भत्ता बुझ्ने, घर जाने हो, काम सजिलो छ साथि चिन्ता नगर, किन जान्छौ दुबई, कतार, साउदी र मलेसिया आउ यतै ।

उहि तिम्रो प्रिय साथि
रोशन दनुवार
पाँचखाल–१२, काभ्रेपलाञ्चोक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.