बलियो राजनीतिमा झिनो आशा…

रोशन “काभ्रेली”

२२ कार्तिक, काठमाण्डौं । पछिल्लो समय देशमा राजनीतिक क्षेत्र, राजनीतिक नेता प्रति जनविश्वास गुम्दै जानाले नयाँ ब्यक्ति राजनीतिमा प्रवेशका साथै स्वत्रन्त्र उम्मेदवारीले, बलियो भनौदा राजनीतिक नेताहरुलाई फलामको चिउरा चपाई भएको छ, त्यो सङ्गै झन बिजयी स्वत्रन्त्र उम्मेदवार काठमाण्डौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङका दिनानु दिनका काम कार्यबाहि चर्चा परिचर्चाले जनमासमा राजनैतिक ब्यक्ति भन्दा स्वत्रन्त्र ब्यक्तिको गाढा छाप परेको छ । जसले गर्दा राजनीतिक ब्यक्तिको आशा… र स्वत्रन्त्र उमेदवारलाई जितको सुनिश्चितता केहि बलियो बनाएको छ ।

सामाजिक सञ्जालमा चलेको No Not Again… जस्ता अभियानले बलियो जरो गाडेर बसेका उहि पुराना मुहारलाई यस नजिकिदै गरेको चुनावमा जनताको भोट के होला ? भन्ने त्रास रात ढले सङ्गै झन–झन बढ्दै गएको छ । लामो समय बेतित् गर्दा पनि आफ्नो दलले कुनै प्रकारको साथ र समर्थन नगरेका पनि यहि हावा हूरी माहोलमा बागी र स्वत्रन्त्र उम्मेदवारीको रुपमा च्याँखे दाउ थाप्दै आएकाले झनै यस पटक राजनीतिक नेतालाई जित हासिल गर्न हम्मे हम्मे पर्ने देखिन्छ ।

अहिले चलेका चुनावी अभियान तथा प्रचार, प्रसारणमा राजनीतिक नेता होस या स्वत्रन्त्र उमेदवार सबैले आ–आफ्ना जितको परिकल्पना गरि रहेका छन् जस्को आधिकारिक परिणामको लागि भने मंसिर ४ पछिको समय कुर्नै पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.