मन महलमा तस्वीर, सजाउने मन थियो ।। 
जानै नदिई अन्त कतै, रजाउने मन थियो ।।
 
	 
	मन महलमा तस्वीर, सजाउने मन थियो ।। 
जानै नदिई अन्त कतै, रजाउने मन थियो ।।
 
	सकिन बेच्न स्वाभिमान, खोईरो किन खन्छौ ?
घमण्ड उडेर जान्छ अन्ततः खरानी रहन्छौ । 
 
	हे भगवान, तिम्राे महिमा अपरम्पार छ ।।
तिम्रै देन, तिम्रै मर्जी जीउन लाचार छ ।।
 
	सिकियो बरू गर्न छुरा प्रहार शत्रु बाट ।।
अहँ सिकिएन कहिल्यै प्यार शत्रु बाट ।।
 
	मैले नाम साेधे थे उन्ले अ।फ्नाे दाम भनिन ।।
मैले के काम भने थे उन्ले काेठा जाम भनिन ।।
 
	तिमीलाई पाउँ भनी कयाै मन्दिर धाएकाे छु ।। 
खुशी हुँदै हात समाई पछि पछि अ।एकाे छु ।।
 
	लुकि चाेरि तिम्रा नयन, मै तिर हेर्छन ।।
रातमा सुत्न दिन्नन्, तेहि झल्काे घेर्छन ।।
 
	देश बेचेर खाए भन्छन, सत्ता लुट्नेहरूले ।।
कराउने तिनै हुन, पैसामा बिक्दै सुत्नेहरूले ।।
 
	अ।शुकाे भेल रहेछ सम्बन्ध ।।
कैदीकाे जेल रहेछ सम्बन्ध ।।
 
	कथा उहीँ कहानी उहीँ, पाटाे मात्र फरक भाे ।।
गाेरेटाे उहीँ गन्तव्य उहीँ , बाटो मात्र फरक भाे ।।