सम्झनामा डुब्दै याँदमा झुम्न भन के पिलाउँ तिम्लाई ।।
फुर्सद मेरो नि छैन् हजुर बार बार याँद दिलाउँ तिम्लाई ।।
शायरी
यादका थोपा थोपा आसु सङ्गाल्दै छु आज ।
तिमी छैनौ उसैमा हाँसो अङ्गाल्दै छु आज ।।
तिम्रो जीबनको खुशी, मेरो अन्त हो भने ।
उपहार दिन्छु मलामी, तिम्रो जन्त हो भने ।।
साँझ दारु पाटिमा चुच्चा जोड्ने आउँदैछन ।
होस गर संसद भबन कुर्सी तोड्ने आउँदैछन ।।
तिम्राे साथ म सङ्गकाे, एक भ्रम रहेछ ।
जिवन सङ्गि भई बस्ने कहानी भएछ ।।
खुशीकाे बेला प्रियसी सम्हाल्न सकिन भने।
छाेडेर नजानु मलाई अंगाल्न सकिन भने ।।।

