यो दशैँ🌺🌺

रोशन “काभ्रेली”

सुने तिम्रो मिठो मसिनो मै तर्ने भो यो दशैँ ।
मेरो गुन्द्रुकको झोलले, पेट भर्ने भो यो दशैँ ।।

भत्ता आयो रे सरकार, मेसेज बज्यो पक्कै ।
तिम्ले मनाउ मेरो त कोरोना सर्ने भो यो दशैँ ।।

बच्चो मेरा नि थिएँ, राम्रा नाना चाहियो भन्ने
उधारो दिन्नौ तिम्ले, अप्ठेरो पर्ने भो यो दशैँ ।।

दशैँ नमनाउ भन्छौँ सरकार, बहाना गज्जब दियौँ ।
तिम्रो आज्ञा शिरोधर, रोशन तेस्तै गर्ने भो यो दशैँ ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.