प्रिय तिमी कस्तो कस्तो !!!

सुजन श्रेष्ठ

दुनियाँले राम्रि भन्छन् तिम्लाई, तारिफ कति सस्तो।
साच्चै राम्रि छौ त तिमी, प्रसंसा गरे जस्तो ।।
मख्ख पर्छे राम्रि भन्दा, घमण्ड तिम्लाई कत्ति प्यारो ।
बुझ्नै मुस्किल यता मलाई, प्रिय तिमी कस्तो कस्तो ।।

रिसाउदा त के कुरा, हास्दा तिमी परि जस्तो ।
बर्खामा त ठिकै होलान्, हिउदमा परेको झरि जस्तो।।
अघि खुसि अहिले दुखि, मन कति चन्चल् तिम्रो ।
बुझ्नै मुस्किल यता मलाई, प्रिय तिमी कस्तो कस्तो ।।

टिकटकमा नाच्छौ तिमी,अभिनय कति सस्तो ।
त्यहि भिडियो टिकटकबाट फेसबुकमा अपलोड गरे जस्तो।।
कहिले रुन्छौ, कहिले हास्छौ त्यहि टिकटक भिडियोमा ।
बुझ्नै मुस्किल यता मलाई, प्रिय तिमी कस्तो कस्तो ।।

हिड्छौ तिमी कम्मर मर्काई, के गर्या हुन् कुन्नि त्यस्तो।
चैतमासमा मडाँरिदै अाएको त्यहि हुरि जस्तो ।।
उता पनि ठिक्क तिमी, यता पनि ठिक्क पार्छौ ।
सिमि हौईनौ प्रिय तिमी, रहिछौ अालु जस्तो ।
बुझ्नै मुस्किल यता मलाई, प्रिय तिमी कस्तो कस्तो ।।

✍️सुजन श्रेष्ठ 🙏

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.