मुर्दाबाद !

Ramesh Aryal

मुर्दाबाद! मुर्दाबाद!!
जिन्दावाद! जिन्दावाद!!
लङ्गडो दुई टाउके सरकार संग
न्याय माग्दै छ अभद्र बलभद्र
म कसरी मुर्दाबाद भन्न सक्छु ।
म कसरी बिरोधि बन्न सक्छु ।
क्या सान्दार बिरोध सभा !
क्या इमान्दार ब्यक्ति नभा !!
कतिन्जेल सम्म बिक्छ मेरो बिजोग ?
समस्या मेरो मुद्दा हजुरको,
म कसैले मेरो दरिद्रता देख्छ कि भनेर लुक्छु ।
हजुरहरु बिरोध पनि क्या बिलासी बुलेट चढेर गरिसिन्छ ।
म भोकै कसरी मुर्दाबाद भन्न सक्छु ।
म कसरी बिरोधि बन्न सक्छु ।

                    ✍️ रमेश अर्याल 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.