वास्तविकता
संसारलाई साँचो कुरा भन्दै हिँडे
थाहा थिएन संसार त झुठमा टिकेको रैछ
माया माया भन्दै हिँडे म पागल
थाहा थियन संसार पैसामा बिकेको रैछ
उदाउँदै गरेको घाम हेर्ने इच्छा थ्यो
बाटो मात्र अस्ताउँदै गरेको घाम तिर रैछ
प्रकृतिको काँखतिर लम्कन मन थ्यो
थाहा थिएन संसारको आँखा मेरो काम तिर रैछ
म पागल माया माया भन्दै हिँडे
थाहा थिएन मानिसको ध्यान दाम तिर रैछ
बिरक्तिएर म साथी खोज्दै हिँडे
जब कि संसार आफै ब्रह्माण्ड एक्लो रैछ
हजारौँ खुड्किला चढि जुनतारा छुने प्रयासमा थिएँ
मेरो ज्यान भन्दा महंगो एउटै खुड्किलो रैछ
म गम्भिर भएर जिन्दगीको बारेमा सोचँे
थाहा पाँए जिन्दगी त एउटो चुट्किलो रैछ