सन्तान्की जननी माता, संरिक्षका पनि उनै
दयामायाकी हुन् सागर , भाग्य सन्तानकी उनै ।
रक्तसागर पीडा बिच ,जन्मिन्छ जब बालक
हर्षले विभोर माता,स्याहार्छिन् त्यही बालक ।।
दुग्धधारा पियाएर ,लालन पालन् गर्दछिन्
दुख दर्द बिसाएर,स्वकर्तव्य निभाउँछिन ।
प्रथमा शिक्षका माता, गृहलक्ष्मी पनि उनै
धनधान्य गराउने, धनसागर् पनि उनै ।।
सौभाग्य घरकी मामाता,बरदान पनि उनै
कुल्चिइ वेदना खप्ने,सहन्शीला पनि उनै ।
सारा संतती संदृष्टी,समान्भाव जगाउने
सारा बिधि ब्यबहार, चौतर्फी त्यो पुर्याउने ।।
फर्काइ पिठ्यूँ वैरी झैँ, त्यागी सन्तानले जब
हुन्छिन् महा-दुखित् माता, सपना चकनाचूर ।
हुन्नन् कर्तव्य विमुख,तैपनि खै उनी अझै
अक्षता फूल बर्षाइ,आषिश प्रगतिको सँधै ।।

