आज तिम्ले रुवायौँ,
थाहाँ भो…
मेरो आशुको मोल छैन ।
त्यो पल सम्झन्छु म अझै….
तिम्ले भनेको थियौँ..
आँखामा आशु सुहाउँदैन ।
कहाँ गयो त्यो भाव आज,
म प्रतिको मायाँ आज,
सायद समय संगै परिवर्तन भयौँ ।
आज तिम्ले रुवायौँ,
थाहाँ भो…
मेरो आशुको मोल छैन ।
त्यो पल सम्झन्छु म अझै….
रातको अंधेरी सहारा लिदै,
गल्लि गल्लि हात समाई हिड्यौँ ।
आफ्न्त र परिवारको आँखा छलि,
लुकि छिपि मायाँ लगायौँ ।
तिम्लाई सम्झना छ कि बिर्सीयौँ ।
आज तिम्ले रुवायौँ,
थाहाँ भो…
मेरो आशुको मोल छैन ।
म बिनाको एक्लो जीबन,
कल्पना गर्न सक्दिन भन्थ्यौ ।
हाँसेरै हिडेको देखेँ तिम्लाई,
आज नदेखेँ झै गरि मोडियौ ।
छुटिदा यतिकै मन भुलायौ ।
आज तिम्ले रुवायौँ,
थाहाँ भो…
मेरो आशुको मोल छैन ।

