तिमी मुस्काउदा….💖💖💖

Prakas

तिमी हिड्दा लडे त्यो चोट मेरो होस् ।
तिमी मुस्काउदा मुस्काउने मेरो ओठ होस् ।।
हाम्रो जोडि हेर्न नसक्नेका आँखा बिस्फोट होस् ।
तिमी मुस्काउदा मुस्काउने मेरो ओठ होस् ।।

मेरा पाइला सधै तिम्रो नजिक तिरा मोडियोस ।
शरीर भिन्नै भएनी मुटु सँग मुटु जोडियोस् ।।
तिमी म बिचको बधा सबै मायाले टोडियोस् ।
शरीर भिन्नै भएनी मुटु सँग मुटु जोडियोस् ।।

तिमी हिड्दा लडे त्यो चोट मेरो होस् ।
तिमी मुस्काउदा मुस्काउने मेरो ओठ होस् ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.