छुन खाेज्थे अरूले मलाई, तिम्ले त अङ्गालै मार्याै ।।
कहाँबाट के सुरू गर्याै खै कुन्नि, अन्याेलमा पार्याै ।।
छुन खाेज्थे अरूले मलाई, तिम्ले त अङ्गालै मार्याै ।।
कहाँबाट के सुरू गर्याै खै कुन्नि, अन्याेलमा पार्याै ।।
काेहि जान्छ त टाढा जानदेउ, उस्लाई नबाेलाउ तिमी ।।
तिम्राे मायाँ लतारी गा’हाे उस्ले, एकान्त नटाेलाउ तिमी ।।
हे दुनियाँ, खुशी हुने रहर मेरा पनि छन हजुर ।।
सिउँदो सजाए मैले फेरि, के बिराए भन हजुर ।।
अबाेध बालिकाकाे बलत्कार सुनेर अ।एँ ।।
हाे तेहि उस्काे न्याय चित्कार सुनेर अ।एँ ।।
लाख काेशिसका बाबजुद, उ चिन्न सकिन ।।
गरिब भएरै हाेला हजुर, मायाँ किन्न सकिन ।।
तिम्ले दिएका मायाँको घाउ, बल्ल खाटो परेछ ।।
हिड्दिन भन्दै थिएँ तर तिम्रै अगेंनी बाटो परेछ ।।
चाेट लाग्दा उन्लाई, मलाई किन दुख्छ साथि ।।
अ।ज थाहा भाे, मायाँकाे बज्रपात पर्न मै माथि ।।
मै हूँ भन्दै सबै राजा, भए जङ्गलको बाघ ।।
सिंह छाडि मै खरायोे, पुग्थ्यो होला भाग ।।
बुन्न सिकायौ, तिम्ले सपनी ।।
आजकल सधैँ, देख्छु म पनि ।।
मायाँ गरौँ म तिम्रो चाहाना गतिलो भएन ।।
छोडेर जाउँ कसो गरि बहाना गतिलो भएन ।।