मेरो जवानीको मात तिम्ले, धोकेर गयौ ।।
पचेन फेरी आफ्न्त सबै, खोकेर गयौ ।।
गिद्धे आँखा गाड्छन् गल्लिका सिनेहरु,
लाश माथि नि अझै मुल्य, तोकेर गयौ ।।
अधेँरी कोठीमा रुन्छु म बाहिर निस्कौ त,
चल्दैनन् पाईला मेरा, कडीले रोकेर गयौ ।।
शरीर छाडेर गयौ तर मनमहलका स्वप्न,
राजा तिमी रानी म, लास बोकेर गयौ ।।

