सम्बन्ध गाँस्न सम्पत्ति दजाउने मान्छे
पुकार बुज्दैन अरुलाई भजाउने मान्छे ।
दौलत सँग किन्ने बेच्ने चिज होईन प्रेम
आफ्नो हैकममा अरुलाई कजाउने मान्छे
कुन पूराहुने चाहानाले खुसी मिल्लार खै !
स्वार्थ हरुमा औकात रजाउने मान्छे ।
कम्तिमा ब्यक्त गर्न सक्नु पर्छ तिमिले
प्रेम भावलाई हृदयमा सजाउने मान्छे ।
छैन आज आफूसँगै चोरी भएछु कतै
दोषि देख्छु बोल्न पनि लजाउने मान्छे ।
✍️ रमेश अर्याल

