समयले छोडि दिन्छ समयकै घर बाट।
म मोहित भएको हुँ मित्र यो खबर बाट।
बुढापाकाले यसरी भन्ने गर्थे उखानहरु
ढुङ्गा हान्दा छिटा फर्किन्छ किचर बाट।
मलाइ जीवन के हो कसैले प्रश्न गर्यो ?
हो जीवन यात्रा हो सकिन्छ सफर बाट।
बा-आमा सम्झिएर छोरो फर्कियो नसोच्नु
ऊ फर्किनुको अनेकौं कारण छ सहर बाट।
बाँचुञ्जेल बा- आमा हेर्दै हेरेनौं तिमीले
भो अब त पुजेर के पाईन्छ र पत्थर बाट।
लेखक:कमलराज बिष्ट मगर बाफिकोट
(पश्चिम)रूकुम

