रवाफ देखाउँछौ किन, यति धेरै जवानीको ।
त्यो तिम्रो सरीर सँगै, भस्म हुने खरानीको ।।
संसारीक मायाँजालबाट टाढा, सन्त हुँ म ।
माफ गर्दिन म तिम्रो, स्पर्श जानाजानीको ।।
मन भुलाउने खेलौना तिमी, सहर बजारको ।
मझधारमा छौ अझै, सरीर तानातानीको ।।
उर्ली रहयौ बैँशको भेलमा, नसुक्ने झैँ गरि ।
कहाँ हुन्छ र उहि आखाँबाट बग्ने पानिको ।।

