अघि अघि हिड….✍🏻

रोशन “काभ्रेली”

अघि अघि हिड सानु म तिम्रो पछि पछि आउँला ।
फिर्की मार्दै नहेर नजर म सधैँ मायाँ लाउँला ।।

तिम्लाई शंका लाग्ला मेरो जब म सुस्त हिड्छु ।
यो जुनी त पक्का भो आर्को पाउँला न पाउँला ।।

सुखै सुख दिन्छु तिम्लाई त्यो अझै ताजै छ कसम ।
जिन्दगीले दिए सम्म हरेक पल तिम्लाई हसाउँला ।।

गज्जब सुहाउँछ तिम्लाई रातो चुरा, पोते र सारी ।
हर विहान यसरी नै सजिनु, हेर्न म रहुँला न रहुँला ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.