फरक छैन रतिभर तिमी र म, जीवनको सुरुवात उहि ।
अमरत्व तिम्ले नि पाएका छैनौँ अन्तत् जाने घाट उहि ।।
गगंन चुम्बी महल होला तिम्रो, अनि सुगन्धीत कोठाहरु ।।
सुन्कै बिस्तारा होला चार खुट्टे तिम्रो तर सुत्ने खात उहि ।।
सुत्न अघि म गाउँले तिनपानि खान्छु, सायद खान्छौँ होला ।
तिमी नि बिदेशी ब्राण्डको हुस्की तर लागे पछि मात उहि ।।
रवाफ नदेखाउ.. काटे तिम्लाई नि दुख्छ, रगत रातै बग्छ ।
फरक छैन, तिमि नि मान्छे म नि मान्छे हाम्रो जात उहि ।।

