मर्दिन कोरोना तिम्रो रोगले, म मर्छु त भोकले ।।
कि दशैँमा.. साहूबाट लिएको, ऋणको शोकले ।।
ऋण पाइन यो साल, धौँ धौँ भो खान, लाउँन तर,
बित्यो यो दशैँ हाँस्दै, नाच्दै, गाउँदै सिलोकले ।।
भकारी भरिए आज, खलैबाट उठ्ने साहूको धानले ।
लाग्छ गरिबको झुपडि भरिपूर्ण भो सब थोकले ।।
दङ्ग छन जहान मेरा, अब भर पेट खाइने भो यो बर्ष ।
फेरि आउँ कोरोना स्वागत गर्छु बिना रोक तोकले ।।

