खाने भए जागिर, सरकारी खाइन्छ ।
प्राइभेट त यहाँ, फालाफाल पाइन्छ ।।
१० बजे पुग्ने अफिस, ११ भए नि चल्छ ।
तर भित्ताको घडि ५ नबज्दै, घर धाइन्छ ।।
फाइलको चाङ्ग छ, कामको तनाव छैन ।
कुर्सीका बसी बसी, चिया कफि मगाइन्छ ।।
सेवा भन्दा बेसी, मेवाँ चल्दो रहेछ यहाँ ।
बहाना बनाई बनाई, फाइल अठाइन्छ ।।

