तिमीलाई पाउँ भनी कयाै मन्दिर धाएकाे छु ।।
खुशी हुँदै हात समाई पछि पछि अ।एकाे छु ।।
पेट चिरी जन्माएकाे हिजाे जस्तो लाग्छ मलाई,
हुर्काउन,बढाउन,पढाउन धेरै हन्डर खाएकाे छु ।।
तिमीलाई पाउँ भनी कयाै मन्दिर धाएकाे छु ।।
पेट भरि खुवाउन अ।धा पेट खाए कति कति,
नयाँ लुगा लगाउन टालेकाे लुगा लाएकाे छु ।।
तिमीलाई पाउँँ भनी कयाै मन्दिर धाएकाे छु ।।
बुढेसकालकाे लाैरा भनी हर्षका अ।सु बगेकोथ्याे,
समयले काेल्टे फेरयाे , बिरहकाे गीत गाएकाे छु ।।
तिमीलाई पाउँँ भनी कयाै मन्दिर धाएकाे छु ।।
नयाँ ठाउँ जाउ भन्याै , झिती गुन्ता सबै बाधी,
उपाहार स्वरूप दियाै अ।ज वृद्वाश्रम पाएकाे छु ।।
तिमीलाई पाउँँ भनी कयाै मन्दिर धाएकाे छु ।।
✍️क्षितिज दनुवार

