सिकियो बरू गर्न….✍🏻

Kamalraj Bist Magar

सिकियो बरू गर्न छुरा प्रहार शत्रु बाट ।।
अहँ सिकिएन कहिल्यै प्यार शत्रु बाट ।।

जब भन्दै थिएँ गजलका शेरहरु मैले,
भनियो अरे! वाह्, दमदार शत्रु बाट ।

मेरो कमजोरीको कारण पत्ता लगाउँने,
यहाँ पटकपटक भयो बिचार शत्रु बाट।

पीडा सहनुको दुखाइ कस्तो हुन्छ भनी,
थाहा छ त्यो मलाई नि हजार शत्रु बाट।

दुनियाको सामु साथीको बहानामा मेरो,
छापिँदैछ रे मृत्युको अखबार शत्रु बाट।

लेखक: कमलराज बिष्टमगर

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.