महलमा बसेर पनि…✍️

Ramesh Aryal

सकिन बेच्न स्वाभिमान, खोईरो किन खन्छौ ?
घमण्ड उडेर जान्छ अन्ततः खरानी रहन्छौ ।

आफुलाई सपना देख्दा पनि आनन्द आउँछ,
तिमी महलमा बसेर पनि खुसी छैन भन्छौ ?

तिमिलाई हराउनको लागि प्रेम गरेको हैन,
प्रतिस्पर्धि म नभएर पनि विवाद तान्छौ ?

कैले भरिभराउ सागर, कैले सुख्खा बगर देखेँ
सम्हाल आफ्ना रहर, तिमी केके पो बन्छौ ?

न्यायलय लाई ढाँटेउ, आफ्नै भय लाई ढाँटेउ,
झुट्टाहरुले गरेको सफाइमा झुटै सबुत कहन्छौँ ।

✍️ रमेश अर्याल, धादिङ

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.