त्यो पहिलो रात…🥰

pabitra thapa

मन महलमा तस्वीर, सजाउने मन थियो ।।
जानै नदिई अन्त कतै, रजाउने मन थियो ।।

चिटिक्क अगेनीमा, जन्ती बसाल्दै, नौमती,
छिमेक थर्काउदै बाजा, बजाउने मन थियो ।।

उन्कै नाउँको सिन्दुर लाउदै, त्यो पहिलो रात,
घुम्टो उठाई चिहाउँदा, लजाउने मन थियो ।।

भाग्य के लेख्यौ दैव, उ अर्कैको भएपछि मेरो,
चक्नाचुर भो सपना नत्र, कजाउने मन थियो ।।

✍🏻 पवित्रा थापा,

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.