मायाँ बसेर के गर्नु…. 😘😘

रोशन “काभ्रेली”

हेर्ने त हो तुलु तुलु, मायाँ बसेर के गर्नु ।
घरमा दिदि छे लग्ने कम्बर कसेर के गर्नु ।।

नाता नै यस्तै छ, साली भेना जिस्कनै पर्ने ।
घर एउटै दिल मेरो, दिदि बैनी पसेर के गर्नु ।।

छेको परेको बेला तिमी पनी हेर्ने गछौ मलाई ।
बोल्न कहिले चाहिनौ, केबल मस्केर के गर्नु ।।

आखिर जिबन त उनि संगै बिताउनु छ मैले ।
तिम्रो यादमा पागल भई खरानी घसेर के गर्नु ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.