जिन्दगी सराबी भएछ, आजकल गर्दै अलि अलि ।
उन्कै सम्झनामा पिउछु, गिलास भर्दै अलि अलि ।।
अनुहार दारिएछ, लुगा सबै हिलाम्मे भा को रे छ ।
धन्न घर पुगिएछ साथि लड्डै पड्डै अलि अलि ।।
जिन्दगी कति दिन चल्छ यसरी, बिहानै आमाको गनगन
चलेको कहाँ, घस्रीएको मात्र छ भने मर्दै अलि अलि ।।
खान्न भनि कसम नि खाएँ विहान, खै के हुन्छ साँझ ।
भट्टी मोडिन्छन मेरा पाईला आफै सर्दै अलि अलि ।।

