दानका अङ्ग साटि साटि बाँचे मेरा बा बुढेसकालमा ।
अरुले ठोके मादल, फेरी तिनी नाचें आफ्नै तालमा ।।
सङ्गै नराखौ बा भनेकै हो मैले, तिम्ले आफन्त भनि चिनायौ ।
जङ्गलका सिकारी थिएँ तिनी, कामै हो सिकार पार्ने जालमा ।।
नपाक्या हैन घरमा भात, भोका छन् आफन्त भनि खुवायौ ।
आफ्ना बारेमा त सोचेनौ, हाम्लाई नि बिर्सीयौ अनिकालमा ।।
भुईचालो गा नि बर्षै भो, घर बनाउँने अझै अत्तो पत्तो छैन ।
उहिलेबाटै बास पालमा, के गरि बाँच्ने अब खाना छैन थालमा ।।

