काम गर्दा गर्दौ थकाई मेट्ने रातै नहुने ।
अझै भन्ने गर्छन, बुहारीको जातै नहुने ।।
मुख्ले ठिक्क पार्दै, हैकम चलाउँछे सासु ।
अनि भन्छे दुनियाँलाई, बुहारीको हातै नहुने ।।
म साेंँच्छु, मनको पिडा बिसाउने चौँतारी, तर ।
गनगन गर्नुहुन्छ उहाँ सधैँ, तिमी संग बातै नहुने ।।
गरि खानु, उतै मरि जानु भनि बा ले हात थमाए ।
कहिले काहि लाग्छ हजुर यो छोरिको नातै नहुने ।।

