भोका पेट, खाना खुवाई भरे ।
भन्छन देख्नेले, मैले पाप गरे ।।
बिचारा ती, सबै स्वर्ग बोलाउँ ।
सुनेथेँ त्यहाँ, नखाएरै बाँचिन्छ रे ।
पल्ला घरे दाजु, भान्छा लाग्न गाका ।
सुन्छु सहरमा, तिनि पनि जेल परे ।।
मेरो झन के होला, थाहाँ छैन भोलि ।
खानेलाई छैन लाज, देख्नेलाई भो अरे ।।

