भ्रुणका हत्या गरि दियौ आमा, संसार देख्न पाइन ।
नजन्मदै मेरो के दोष बाबा, हजुरलाई भेट्न पाइन ।।
बाबा हजुरको काखमा, लुटपुटिने रहर थियो मेरा ।
तर अफ्साेंच पित्रीसत्तात्मक, संसार टेक्न पाइन ।।
गौतम बुद्धको अनि, संसारको उच्च सगरमाथाको देश ।
जस्तै बिश्व चिनाउथेँ तर, आफ्नो नामै लेख्न पाइन ।।
असल आमा चाहिने असल श्रीमती चाहिने तर
छोरी चाहिदैन भन्दै गर्भमै, घाटि रेट्न पाइन्न ।।

