जून हुदैन….✍🏻

@kshitij

सबै पहेँलो टल्कने, सुन हुदैन ।।
चिनी हाली तरकारीमा, नुन हुदैन ।।

केहि गल्ति तिम्रो ,केहि गल्ति मेरो,
छोडी गई , टाढा हुँदैमा, गुन हुदैन ।।

हर कोहिको जिन्दगीमा, उकाली र ओराली,
तर आसुको नी मूल्य हुन्छ, रुन हुदैन ।।

बहुरुपी संसारको अर्थ आफै खोज्दै जानु,
गगनमा चम्किने सबै तारा, जून हुदैन ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.