लुकि चाेरि तिम्रा नयन…✍️

@sakun

लुकि चाेरि तिम्रा नयन, मै तिर हेर्छन ।।
रातमा सुत्न दिन्नन्, तेहि झल्काे घेर्छन ।।

कहिले काहीँ मैले, नयन जुधाउन खाेज्दा,
सारै बाठा तिम्रा नयन, अन्तै दिशा फेर्छन ।।

तिम्राे नजिक हुने प्रयास, मैले नगरेकाे हैन,
अघि बढ्न साथ दिन्नन पाईला सारै अतेर्छन ।।

मन चनचल हुन्छ, शरीर हल्चल हुन्छ अनि,
ढुकढुकि बढ्दा अैैँ।ला, पल्लुकाे छेउ बेर्छन।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.