साथ दिन्छु भन्यौं र पो मन साटेको हुँ !

Ramesh Aryal

साथ दिन्छु भन्यौं र पो मन साटेको हुँ !
घर न घाटको भए पछि, हात काटेको हुँ !

होस हराएको देख्यौं होला, सहारा हराएको हो
मायाँ गर्छौ असाध्यै भनी घरमा ढाटेको हुँ !!

बोझ बनिसकेछु तिम्रो, फेरिएको सपनामा
झुन्डिएर मौन बस्छु भनी, डोरि बाटेको हुँ!

कति सम्झाउँ आफैलाई, के भनेर सम्झाउँ
बिकल्पहरु नभेटेपछि, घाँटी नापेको हुँ !!

धेरै मायाँ पाएपछि तिरस्कार पाउन थालेँ
मायाँ नै धेरै होस भनि, बाटो छाँटेको हुँ !

              ✍️ रमेश अर्याल

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.