अ।फैले परिवार मारेकाे हुँ…

रोशन “काभ्रेली”

छानाे चुहिएकाे हैन सरकार, अ।फैले प्वाल पारेकाे हुँ ।।
अन्नकाे के कुरा गर्छाै सरकार, पानी नभएर झारेकाे हुँ ।।

अ।ज पानी, हिजाे अस्ति अधेँरी हटाउन याे सब गरे,
बिजुली छैन सरकार, उज्यालाे काम चलाउ टारेकाे हुँ ।।

बाँझै तिम्रा खेत बारी, तिराे तिराैँला बरू खेति म गर्दिन्छु,
भाेक्कै के मर्नु जेलहाले नि सरकार, हलगाेरू नारेकाे हुँ ।।

भलाकुसारिले मात्र पेट अघाउँन्न रै छ, हर बिहान बेलुकि
खानदिन नसके पछि सरकार, अ।फैले परिवार मारेकाे हुँ ।।

लेखक:राेशन दनुवार, काभ्रेपलान्चोक 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.