चाहना कति धेरै हुदाहुदै ओईलाएर झर्छ कै ले ।।
गगन चुम्न खोज्ने मेरा कदम निराशा गर्छ कै ले ।।
परिस्थितीको आस्था, बिश्वाशको फूल फुलाउने,
छोरी गर्भमै खोट लाउँदा रहर अनायसै मर्छ कै ले ।।
संसारै देख्न नपाई भु्रणमै हत्या गर्ने चलन यहाँ,
कुरुप समाज मेरो, निर्लज सोंचमा पर्छ कै ले ।।
रताउने पो रहेछ कानुन, बन्देजको आभाष छैन,
छोरी हुँ, जन्म नै दोष आशुले गह भर्छ कै ले ।।

