चिन्तामा मात्र खिएर….

Ramesh Aryal

💔#गजल 💔

चिन्तामा मात्र खिएर, कहाँ सकिन्छर
नसामा मात्र जिएर, कहाँ सकिन्छर

यादहरु बगिदिन्छ निर्दोष आँखा बाट
आँसु मात्र पिएर, कहाँ सकिन्छर

बाढीसंगै बग्नुपर्छ समुन्द्र पुग्ने पानी हुँ
किनारमा मात्र ठोक्किएर, कहाँ सकिन्छर

छुटेका सपनाहरू अलपत्र जिउँदै छन
बिश्वास मात्र गुमेर, कहाँ सकिन्छर

समुन्द्र जस्तै भयो माया कत्ती घटेन
अञ्जुली मात्र लिएर, कहाँ सकिन्छर

                        ✍️ रमेश अर्याल

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.