नहेर गरीब पैदल यात्रीको जुत्ता, तेही जुत्ताबाट पैतला देखिन सक्छ ।
नखोस हात बाट कलम कसैको, तेही कलमले उस्को भविस्य लेखिन सक्छ।।
नधकेल तल गरीब भनि उस्लाई, तिमी भन्दा माथिको आकास छुन सक्छ।
नभन कस्तो फोहोरी भनेर उस्लाई, घरमा पिउने पानी नि नहुन सक्छ।।
नसोध ति गरीबको छोरीलाई, तिम्रो सपना के हो भनेर,
तिमीलाई नै सोध्ला सपना कुन बेला आउछ भनेर,
नसोध उस्लाई पानी को स्वाद कस्तो हुन्छ भनेर,
भन्देला नुनिलो हुन्छ आँखाबाट आउछ भनेर
यो गरीबको जिवन आफ्नो घर बनाउन आफै घर बाट टाढा जानु पर्ने रैछ ।
सन्तान लाई दुइ छाक खुवाउन आफु आधा पेट खानु पर्ने रैछ ।
गरीब को जिवन कस्तो हो यो, परिवार पाल्न आफ्नो शरीर बेचिदिनु पर्ने रैछ ।
कती गाह्रो जिवन बुझाउन, तेही बुझाउन शब्द पनि उधारो लिनु पर्ने रैछ।।