जीवन काे अर्थ के हाे ? मलाई हाेईन,
काँडाकाे बिचमा फुल्ने फूललाई साेध ।।
फूलकाे रस के हाे ? मलाई हाेईन,
बगैंचा बगैंचा डुल्ने भमरालाई साेध ।।
जीवन कसरी सन्तुलन गर्ने ? मलाई हाेईन,
दुई खम्बाकाे अ।डमा झुल्ने पुललाई साेध ।।
गगनकाे साैन्दर्य के हाे ? मलाई हाेईन,
पानी परेपछी खुल्ने गगनलाई साेध ।।
माया के हाे , कस्तो हाे ? मलाई हाेईन,
माया गरि भुल्ने निष्ठुरी मायालुलाई साेध ।।
✍️क्षितिज दनुवार