शीर्षक: नेपाल

Sayari Sansar

हिमाल जन्मि पहाड हुर्कि बस्दछ तराई
हौं हामी सबै पुर्खाको नासो हैनौंनी पराई ।।१।।
तिलिचो रारा सगरमाथा अमुल्य सम्पती
देशैमा बसी मिलेर गरौं उन्नति प्रगति

गण्डकी कोसी कर्णाली काली मर्स्याङ्दी जमुना
बेचेर खाए देशको भूमि बिगारे नमुना ।।२।।
ओखती मूलो पाइन्छ यहाँ प्रशस्तै पाखामा
मुनाल डाँफे गाउँछन् मिठो सुरिलो भाकामा

कस्तुरी मृग चितुवा गैडा देखिन्छन् वनमा
नेपाली भन्नु गौरव लाग्छ असाध्यै मनमा ।।३।।
वनमा कति फक्रेका फूल झुलेका लहरा
पाईन्छ हेर्न भन्दछन् यात्रु सुन्दर छहरा

संस्कार हाम्रो असाध्यै राम्रो छपक्कै लाउने
भोटिन्छन् धेरै जंगल तिर बुलन्द गाउने ।।४।।
नेपाल हाम्रो सुन्दर शान्त संसारै चिन्दछ
नेपाली भने सहासी वीर लडाकु भन्दछ

लगाए पछी उब्जनी राम्रो हुदैछ बारीमा
देखिन्छ सबै देशको युवा किन हो खाडीमा ।।५।।
बत्तिस गुण मिल्दछ यहाँ नेपाली नारीमा
लोभिन्छ मन चिटिक्क देख्दा सजेको सारीमा

छन्द: असारे ( झ्याउरे ) लोकभाका

लेखक: दल बहादुर शाही
हेलो खार्पूनाथ गाउँपालिका हुम्ला

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.