अधुराे भाे मायाँ, जिन्दगीमा बाँच्ने रहर भएन ।
भुल्न खाेजे उन्लाई,बिर्साउने कुनै सहर भएन।।
सुनेथे चाेखाे मायाँ, हरपल गुमाउने डर हुन्छ रे ।
सङ्गै सुत्दा छैनाै जस्ताे नझ्सकिएकाे प्रहर भएन
मायाँ देखाउन सकिन, अथाह सागर झै थियाे ।
केबल उनि सङ्ग मिसिने, कुनै नहर भएन ।।
मायाँ गर्छिन कि, जिबन मात्र बिताई रहेछिन ।
रनभुलमै छु हजुर, आज सम्म ठहर भएन ।।

