जिबनका हरेक पानामा….

रोशन “काभ्रेली”

जिबनका हरेक पानामा, तिम्रै नाम लेखेको छु ।
देख्दिनौ तिम्ले प्रिय, कभरले मैले छेकेको छु ।।

नदिएको कहाँ हो र मैले प्रेम पत्र तिम्लाई ।
जाना जान खसाल्यौ, लुकाउन मैले टेकेको छु ।।

तिम्रो मनमा मायाँ छ छैन, थाहाँ छैन मलाई ।
यति थाहाँ छ मायाँ आखाँमा मैले देखेको छु ।।

हतासमा थियौँ त्यो दिन बिर्सी गयौँ आज लैजाउ ।
पाकेको छ मायाँ बिछोड्को अग्नीमा सेकेको छु ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.