तिमी आयौ प्रिय…😘😍😍

रोशन “काभ्रेली”

तिमी आयौ प्रिय, मनमा हलचल काफि छ ।।
भो नसोध मेरो खुशी, त्यो पल काफि छ ।।

तिम्रो साथ पाएको छु, हरेक पल जिन्दगीमा ।
मायाँको मिठास सम्झेर आज तलतल काफि छ ।।

छुटिनु छ एक दिन तर जिन्दगीको अन्त पछि ।
यसरी नै साथ दिनु तिम्ले, यहाँ छल काफि छ ।।

तिमी छौ साथमा, बाँकि अब एउटै इच्छा छ ।
समय यहि रोकियोस, जस्तो आजकल काफि छ ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.